सशस्त्र प्रहरीमा ३२ वर्षीय सेवा अवधिको ‘च्याप्टर क्लोज’ !

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ)ले अतिरिक्त महानिरीक्षकको (एआईजी) बढुवाका लागि आवेदन माग गरेसँगै ३२ वर्षीय सेवा अवधि लम्बाउने ‘च्याप्टर क्लोज’ भएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले वैशाख १९ गतेपछि रिक्त हुने दुई एआईजी पदमा बढुवाका लागि सूचना जारी गरेका छन् । योसँगै आईजीपीको ३२ वर्षीय सेवा अवधि बनाउने ‘च्याप्टर क्लोज’ भएको हो ।
केसी आईजीपी भएपछि सशस्त्र प्रहरी बल नेपालको नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउने चलखेल शुरु भएको थियो । उनले नियमावली ६५ को १ को ‘क’लाई सच्याएर दुई वर्ष थप्ने खेल शुरु गरेका थिए ।
सशस्त्र प्रहरी बलमा २१ दिनका लागि आईजीपी भएका उनले त्यसका लागि पहल गरिरहेका थिए । तर, चौतर्फी विरोध हुने देखिएपछि उनी आफ्नो योजनाबाट पछि हटेका हुन ।
एमालेका उपमहासचिव विष्णु रिमाल नजिक रहेका उनी पछिल्लो केही दिनदेखि नुवाकोटका कांग्रेस नेताहरूको साथमा ३२ वर्षे सेवा अवधिका लागि चलखेल गरेका थिए ।
यो पनि पढ्नुहोस्
सशस्त्रमा सेवा अवधि ३२ वर्षे बनाउने चलखेल !
सशस्त्रको सेवा अवधि नबढ्ने संकेत : गृहमन्त्री खाँणलाई ढाँटे कर्णालीका डीआईजीले


















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया