शुक्रबार, माघ १६, २०८२

भोलि हेटौँडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्दै

मेरोन्यूज २०७९ वैशाख १७ गते १८:४६

काठमाडौँ । भोलि आइतबार नेकपा एमालेले हेटौँडामा आमसभा गर्ने भएको छ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर ओली हेटौँडा जाने भएका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताको सहभागिता हुने भएको छ ।

हेटौँडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया