एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट (खेल तालिकासहित)

काठमाडौं / आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । आयोजक नेपाल भलिबल एसोसियसनले प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा संचालन गर्दैछ ।
प्रतियोगितामा महिलातर्फ तीन विभागीय टीम सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब र एभरेस्ट स्पोर्टस् क्लब गरी पाँच टिम सहभागी छन् ।
यस्तै, पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लब गरी सात टीम छन् ।
गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरुले लिगमा प्रतिस्पर्धा गर्ने भएका हुन् । च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।
क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
















इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया