सशस्त्र र प्रहरीको नयाँ आईजीपी नियुक्त गर्न मन्त्रीपरिषद् बैठक बस्दै
मेरोन्यूज
२०७९ वैशाख १८ गते १०:४६

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक नियुक्तिको विषयमा निर्णय गर्नका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार दिउँसो ११ बजे बैठक बस्न लागेको हो ।
आइतबार बिहानै प्रहरी महानिरीक्षक क्षत्री प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर फर्किएका छन् । क्षत्री ३० वर्षे सेवा अवधिका कारण भोलिबाट अनिवार्य अवकाशमा जाँदै छन् ।
उनीहरूसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीहरू एकै पटक अवकाशमा जान लागेका हुन् । उनीहरूका लागि दुवै प्रहरी मुख्यालयमा आइतबार अपराह्न बिदाइ कार्यक्रम राखिएको छ ।
सम्बन्धित
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया