प्रहरीमा सिंह र सशस्त्रमा अर्याललाई आईजीपी नियुक्त गर्ने तयारी

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख आईतबार नियुक्त गर्ने तयारी गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आईतबार अनिवार्य अवकासमा घर जाँदै छन् । गृहमन्त्री बालकृष्ण खांडले गृहमन्त्रालयमा आइतबार ३ बजे दुवै आईजीपीको विदाई कार्यक्रम समेत राखेका छन् ।
आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषदको बैठकले प्रहरी र सशस्त्रमा आईजीपी नियुक्त गर्ने तयारी गरेको उच्चस्रोतले जानकारी दिएको छ । प्रहरीमा वरियतामा तेस्रो नम्बरमा रहेका एआईजी धीरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याललाई आईजीपी बनाउने तयारी गरेको स्रोतको दावी छ ।
प्रहरीमा पहिलो नम्बरमा रहेका एआईजी विश्व पोखरेल,सहकुल थापा, सिंह र चौथो नम्बरमा रहेका रविन्द्र धानुक आईजीपीको दौडमा थिए । तर, प्रधानमन्त्री देउवाले सिंहलाई नै बनाउने निर्णय गरिसकेको स्रोतको दावी छ । सिंहको पक्षमा उनकी पत्नी आरजु राणा र सचिवालयका सदस्य छन् ।
शनिवार वरियतामा मिच्दा चुनावको बेला विवाद हुने भन्दै गृहमन्त्री बालकृष्ण खांड, संचारमन्त्री ज्ञानेन्द्र कार्की, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पोखरेललाई नै आईजीपी बनाउन आग्रह गरेपनि प्रधानमन्त्री देउवा त्यसमा सहमत नभएको बताइन्छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया