प्रहरीमा सिंह र सशस्त्रमा अर्याललाई आईजीपी नियुक्त गर्ने तयारी

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख आईतबार नियुक्त गर्ने तयारी गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आईतबार अनिवार्य अवकासमा घर जाँदै छन् । गृहमन्त्री बालकृष्ण खांडले गृहमन्त्रालयमा आइतबार ३ बजे दुवै आईजीपीको विदाई कार्यक्रम समेत राखेका छन् ।
आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषदको बैठकले प्रहरी र सशस्त्रमा आईजीपी नियुक्त गर्ने तयारी गरेको उच्चस्रोतले जानकारी दिएको छ । प्रहरीमा वरियतामा तेस्रो नम्बरमा रहेका एआईजी धीरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याललाई आईजीपी बनाउने तयारी गरेको स्रोतको दावी छ ।
प्रहरीमा पहिलो नम्बरमा रहेका एआईजी विश्व पोखरेल,सहकुल थापा, सिंह र चौथो नम्बरमा रहेका रविन्द्र धानुक आईजीपीको दौडमा थिए । तर, प्रधानमन्त्री देउवाले सिंहलाई नै बनाउने निर्णय गरिसकेको स्रोतको दावी छ । सिंहको पक्षमा उनकी पत्नी आरजु राणा र सचिवालयका सदस्य छन् ।
शनिवार वरियतामा मिच्दा चुनावको बेला विवाद हुने भन्दै गृहमन्त्री बालकृष्ण खांड, संचारमन्त्री ज्ञानेन्द्र कार्की, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पोखरेललाई नै आईजीपी बनाउन आग्रह गरेपनि प्रधानमन्त्री देउवा त्यसमा सहमत नभएको बताइन्छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया