शुक्रबार, माघ १६, २०८२

कुन पालिकाका उम्मेदवारले कति खर्च गर्न पाउने ? (सूचीसहित)

मेरोन्यूज २०७९ वैशाख १८ गते १६:१५

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारले तोकेभन्दा बढी खर्च गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

जसअनुसार महानगरका मेयर र उपमेयरका उम्मेदवारले सात लाख ५० हजारभन्दा बढी खर्च गर्न नपाउने भएका छन् । यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने आयोगले जनाएको छ ।

यस्तै, उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारले बढीमा पाँच लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ । वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्याक सदस्यले बढीमा दुई लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् ।

नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा चार लाख ५० हजार तथा वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्या सदस्यले दुई लाखसम्म खर्च गर्न पाउने छन् ।

प्रतिक्रिया