बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने
काठमाडौँ । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द हुने भएको छ ।
खुला सीमाले निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
उनले सीमाको दशगजा क्षेत्रमा कडाइ गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती गर्ने र ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाउने निर्णय गरेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र भारततर्फ बहराइच र सेराबस्तीका सीमासुरक्षा बलसहित सुरक्षा अधिकारीलगायत दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले जंगली जनावरको अवैध पैठारी, काठ तस्करी, लागुऔषध कारोवार, मानव बेचबिखनलगायत विषयमा छलफल गरेको थियो ।
‘हाम्रो अनुरोधमा भारतीय सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न सहमत हुनु भएको छ,’ बर्दियाका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले भने ।
अहिले जमुनाहा र रुपैडिया नाकामा दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र संयुक्त सुरक्षा गस्तीसमेत गरेका छन् । बाँके जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ । बर्दियाको भारतसँग जोडिएको नाका धेरै रहेको बताइएको छ ।
















७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया