बुधबार, माघ ७, २०८२

स्रोत नखुलेको ४ लाख रुपैयाँसहित १९ वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७९ वैशाख १८ गते २०:३३

काठमाडौँ । श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका १२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल रहेका छन् ।

भारतबाट झोला बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका ३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मण्डलले बोकेको झोलाबाट चार सय थान एक हजारको नोट बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया