स्रोत नखुलेको ४ लाख रुपैयाँसहित १९ वर्षीय युवक पक्राउ
मेरोन्यूज
२०७९ वैशाख १८ गते २०:३३

काठमाडौँ । श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका १२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल रहेका छन् ।
भारतबाट झोला बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका ३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मण्डलले बोकेको झोलाबाट चार सय थान एक हजारको नोट बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया