श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले गरे नयाँ निर्वाचनको माग
मेरोन्यूज
२०७९ वैशाख १९ गते ७:०४

कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गरेका हुन् ।
देशले ठूलो विपत्तिको सामना गरिरहेको बेला राजनीतिज्ञहरूले जनताको पक्ष लिनुपर्ने बताउँदै उनले सोही उद्देश्यका लागि अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सडकमा उत्रिएको बताए ।
सरकारको विरोधमा देशका धनीदेखि निर्दोष पीडामा परेका किसान र सरकारी कर्मचारी सडकमा उत्रिएको उनले स्मरण गरे । देशमा हजारौं समस्याले जनता मर्कामा परेका बेला आफू घरमा बस्न नसकेको उनको भनाइ छ ।
सम्बन्धित
















गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया