७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुरको छापिदैँ
काठमाडौं । ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरु हुनेछ ।
जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा नमूनादेखि ३० वैशाखमा निर्वाचन प्रयोजनका लागि मतपत्रका छपाई कार्य भएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाईको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्याएको छ ।
छापिएका मतपत्रमध्ये १८ वैशाखभित्र नै ४९ जिल्लाहरुमा ढुवानी गर्ने काम सम्पन्न गरिसेकेको आयोगले आज दोलखा, सिन्धुली र रामछापका लागि मतपत्रहरु ढुवानी गर्दै छ । ६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले जानकारी दिएका छन् ।
स्थानीय तह निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभावाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ । निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।
















Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया