चुनावको मुखमा दुई एआईजी बिदामा बस्दै
मेरोन्यूज
२०७९ वैशाख १९ गते १२:०१

काठमाडौं । सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि असन्तुष्ट दुई सिनियर एआईजीहरू निर्वाचनको मुखैमा बिदा बस्ने तयारी गरेका छन् । एआईजी विश्वराज पोखरेल र सहकुल थापा निर्वाचनको मुखैमा बिदा बस्न लागेका हुन् ।
उनीहरू दुवैले कानुनी लडाइँ लड्न अदालत जाने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दुवैजनाले बिदाको माग गरेका छन् । तर, स्वीकृत भएको छैन । एआईजीको बिदा आईजीपीले स्वीकृत गर्नुपर्छ । बिदा स्वीकृत नभएमा उनीहरू काममा फर्किनुपर्नेछ । पोखरेलले एक महिना र थापाले १० दिन बिदा माग गरेको बताइएको छ ।
यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन हुन ११ दिन बाँकी रहेको अवस्थामा दुई एआईजी बिदा बस्दा त्यसले संगठनको काम–कारबाहीमा समेत असर पर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
सम्बन्धित
















ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन
बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
प्रतिक्रिया