एमालेले गर्यो ६ जना नेतालाई पार्टीबाट निष्काशन
काठमाडौँ । पार्टी निर्णयविपरीत लागेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ ।
आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो ।
यसरी निष्काशित हुनेहरूमा कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर गुरुंग, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन् ।
एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सोमबार विज्ञप्ति जारी गरी ६ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको बताएका हुन् ।
पार्टीमा देखिएको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै सिंगो पार्टी पक्ति चुनावी अभियानमा होमिएको बेला एकताबद्ध भएर निर्वाचनमा लाग्न आग्रह गरिएको छ ।















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया