आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव २३ मंसिरदेखि

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी २३ मंसिरबाट हुने भएको छ । संघले भैरहवामा पहिलो पटक २०६१ सालबाट सुरुवात गरेको महोत्सव सात पटक सफलता गरेसँगै आठौँ महोत्सवको तयारीमा जुटेको छ ।
विगतका सफलतालाई आत्मसाथ गर्देै अझै परिष्कृत र परिमार्जन तथा थप आकर्षक कार्यक्रमहरुसहित आगामी २३ मंसिरदेखि ४ पुससम्म आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव—२०७९ आयोजना गर्न लागेको संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले जानकारी दिए । महोत्सवको नारा पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय सम्वृद्धिको आधार’ भन्ने छ ।
विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्म स्थल तथा विश्व पर्यटनको आकर्षण केन्द्र लुम्बिनीको प्रवेशद्वार सिद्घार्थनगर, रुपन्देहीका उद्योगी, व्यवसायीहरुको पेशागत हक, हित र अधिकारका लागि संघ समर्पित छ । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एंवमा प्रविधिको बृहत् प्रदर्शनीसहित आन्तरिक र समिार्ती पर्यटनमा केन्द्रित रहनेछ ।
मेलामा कृषि, उद्योग, व्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबधि, होटल, रेस्टुरेन्ट, विद्युतीय सामग्री, छाला जुत्तालगायतका ३ सयभन्दा बढी स्टल रहनेछ ।
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया