लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

नवलपरासी । लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
उहाँका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैध लागुऔषध फेला परेको थियोे । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
रासस
















अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया