शुक्रबारबाट ‘लक्का जवान’ प्रदर्शन हुने

काठमाडौं । नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अवसरमा फिल्मको बारेमा जानकारी गराइएको थियो ।
हास्य कलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्यालको मुख्य भुमिका छ भने अन्य कलाकार सुरेन्द्र केसी, दिवंगत जयनन्द लामा, सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अञ्जु महर्जन, नरेन्द्र कंशाकर लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रश्तुत गरिएको छ ।
निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेकी छन् । ध्रुव वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्म्सको ब्यानरमा बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।










‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
सिमरा प्रदर्शन : संयमता अपनाउन प्रचण्डको आग्रह
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रतिक्रिया