यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान पारेको आरोपमा १० जना पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना बिचौलिया पक्राउ परेका छन् ।
लामो समयदेखि एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयको परिसर तथा बाहिरसमेत अनधिकृत रुपमा मानिस भेला भई कार्यालयमा व्यक्तिगत काममा आउने मानिसलाई पनि अनावश्यक झन्झटमा पार्ने गरेको गुनासोसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीको काममा बाधा पुर्याउने, सेवा लिन अवरोध गर्ने, अभद्र व्यवहार गर्नेजस्ता कार्य गर्दै आएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा ३४ वर्षीय सुजन बुढाथोकी, ३४ वर्षीय विवेक थापा, ३५ वर्षीय दुनियाँ बहादुर राउत, २२ वर्षीय विशाल तामाङ, ३९ वर्षीय सुनिल बज्राचार्य, ३६ वर्षीय महेश सुवेदी, २६ वर्षीय शिव दर्जी, २६ वर्षीय राजेश सुनुवार, २४ वर्षीय रोशन घिमिरे र ३३ वर्षीय कमल थापा रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राख्ने अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया