बुधबार, माघ ७, २०८२

रोशी दुर्घटनाको अनुसन्धान गर्न डिएसपी खतिवडाको नेतृत्वमा समिति गठन

मेरोन्यूज २०७९ वैशाख २१ गते १९:२०

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डाला बेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु र १९ जना घाइते हुनेगरी भएको घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्री खाणको निर्देशनपछि प्रहरी नायब उपरीक्षक(डिएसपी) हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको जानकारी दिए । उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन् ।
गृहमन्त्री खाणले घटनाका घाइतेलाई तत्काल उचित उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न पनि निर्देशन दिनुभएको प्रजिअ पाण्डेले जानकारी दिए।

बुधबार मध्यान्ह काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको ग्एछडत्डज्ञडज्ञ नम्बरको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नम्बरको सुमो ठक्कर खाँदा दुई महिला, दुई पुरुष र एक बालक गरी ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया