हत्याको आरोपमा तीन वर्षपछि युवक पक्राउ
काठमाडौँ । कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नैकाप बस्ने सिन्धुलीको कमलामाई नगरपालिका १० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन् ।
काठमाडौँ महानगर ३२ तिनकुनेस्थित गैरीगाउँको पेट्रोल पम्प नजिक महेश परियार, मनिष बानियाँ र सरोज सुन्दाससमेतले २०७५ मंसिर ८ गते चक्कु प्रहार गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् फरार रहेका सुन्दासलाई नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरी कानूनी कारबाही अघि बढाएको आज एक सूचना जारी गरी जनाइएको छ ।
उक्त घटनामा संलग्न महेश परियार र मनिष बानियाँलाई घटना भएकै दिन काठमाडौँको तारकेश्वर नगर १ साङ्लाबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौँको फैसलाले जन्म कैद सजाय भोगिरहेका छन् ।
सुन्दासलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको जनाइएको छ ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा चल्दैछ डोजर
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया