शनिबार, पुष १९, २०८२

आइएमई पे र गोल्डस्टारबीच सम्झौता, गोल्डस्टार जुत्तामा ३०० प्रतिशतसम्म छुट

मेरोन्यूज २०७९ वैशाख २३ गते ११:००

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्धधित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा३० प्रतिशतदेखि ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ ।

सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक श्री प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख श्री प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार २३ बैशाख २०७९, शुक्रबारका दिन देखि सुरु हुने यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेक आउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा ३०५ देखि रु ३०० सम्मको छुट रहेको छ ।

आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेतले आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए ।
गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले भने ‘आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त छु ।’
त्यसैगरी, ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ ।
यता, गोल्डस्टार वास्तविक सामग्री र आधुनिक प्रविधिबाट बनेको बलियो ब्रान्ड हो। गोल्डस्टार अहिले नेपाल र भारतभर बिक्री भैरहेको छ र बिस्तारै पश्चिम देशहरुमा पनि यसको लोकप्रियता बढ्दै गएको छ । स्थापनाकालदेखि नै गोल्डस्टारेले आफूलाई नेपालको सबैभन्दा ठूलो जुत्ता उत्पादन गर्ने समूहको रूपमा स्थापित गरेको छ ।

प्रतिक्रिया