प्रतिगामीविरुद्ध एक हुनु आवश्यक छ : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले काठमाडौँ महानगरले फोहोर व्यवस्थापन गर्न नसक्नु जस्तो नालायकीपन केही नभएको बताएका छन् ।
सत्ता गठबन्धनले काठमाडौँमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरका नेतृत्वको नालायकीपनका कारण काठमाडौाँबासीले दुःख पाएको बताए । उनले काठमाडौँ महानगरबासीले ठूलो मात्रामा कर तिरेर बसे पनि सुविधा नपाएको दाबी गरे ।
‘बञ्चरे डाँडाले मात्रै फोहोर व्यवस्थान गर्न सक्दैन, यसको स्थायी समाधान होस्, जग्गा किनेर भए पनि ठाउँठाउँमा पार्क बनाउन जरुरी छ,’ नेता पौडेलले भने, ‘अहिले काठमाडौँमा सास फेर्न कठिन छ, यसका लागि सुशासन कायम गरी महानगरपालिकाको विकास हुनु पर्यो ।’
उनले स्थायी सरकार नपाएको भन्दै यसका लागि गठबन्धन गर्नु परेको बताए । उनले राजनीतिक स्थिर नपाउँदा देश विकास गर्न नपाएको बताएका थिए । अहिले केपी ओलीलाई नै बलियो बनाउन गठबन्धनभित्र खेल भएको बताउँदै नेता पौडेलले चुनाव चिन्ह हेरेर मात्रै भोट हाल्ने भन्ने प्रवृत्ति गठबन्धनविरोधी भएको बताए ।
‘संविधानलाई भत्काएर, लोकतन्त्र बिगारेर प्रतिगामी शक्ति एक ठाउँमा भएकाले अहिले प्रतिगामीविरुद्ध एक हुनु आवश्यक भएको हो,’ उनले भने, ‘गठबन्धनलाई बलियो बनाउऔँ ।’
















अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
प्रतिक्रिया