गठबन्धन बलियो हुँदै गएको छ, यो धेरै टाढासम्म जान्छ : प्रचण्ड
भरतपुर र काठमाडौंका मेयरका प्रत्याशी कसैलाई छोरीका रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गर्नु महिलाहरुकै अपमान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लोकतानित्रक शक्ति र वामपन्थी शक्तिहरु वीचको गठबन्धन झन् बलियो बन्दै गएको बताएका छन् ।
पाँच दलीय गठबन्धनले काठमाडौंको शान्तिबाटिका रत्नपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गदैं प्रचण्डले गठबन्धनलाई आगामी दिनमा पनि धेरै परसम्म लैजानुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि गठबन्धनमा रहेका दलहरुले इमान्दारीताका साथ एकता र सहकार्य गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
उनले लोकतानित्रक शक्ति र वामपन्थी शक्तिहरु वीचको गठबन्धनकै कारण मुलुकमा धेरै परिवर्तन आएको पनि बताए । पञ्चायत ढाल्ने देखि संघीय लोकतान्त्रिक गणतनत्र प्राप्ती सम्मको आन्दोलन लोकतानित्रक शक्ति र वामपन्थी शक्तिहरु वीचको एकताकै कारण सम्भव भएको प्रचण्डले बताए ।
‘सुरुको अनुभवले के देखायो भने, आम मतदाता र गठबन्धनभित्रका पार्टीका कार्यकर्ता धेरै प्रशिक्षित गर्न सकिएन्। शिक्षित, दीक्षित गर्न सकिएन्। रुखवालाहरुले हँसियाहथौडा वालामा भोट हाल्न गाह्रो मानेको देखियो। अनि हंसिया हथौडावालाले रुखमा भोट हाल्न मानेको देखिएन्, अनि त परिस्थिति बडो गम्भीर, नमिठो अनुभव पहिल्यैदेखि भयो।’ प्रचण्डले भने, –‘सजिलो त बरु, वामपन्थी वामपन्थी मिल्दा त हँसियाहथौडामा भोट हाल्न पनि सजिलो, जनतालाई बुझ्न पनि सजिलो, अनि राजनीतिक स्थायीत्व पनि आउला भनेर, मैले नै प्रस्ताव गरेर शेरबहादुरजीसँग सल्लाह गरेर, निर्वाचन परिणाम राम्रो देखिएन मैले त वाम गठबन्धन गर्यो भने जनता र कार्यकर्तालाई पनि सजिलो भन्ने सोचेँ। यो पूरै देशलाई थाहा छ।’
प्रचण्डले गठबन्धनका तर्फबाट मेयरमै महिला उम्मेदवार महानगरमा हुनु गर्वको विषय भएको बताए ।
‘हिजो भरतपुर महानगरमा महिलाकै मेयरका पक्षमा अपिल गरयौं, आज देशको राजधानी काठमाडौंमा पनि मेयर महिलाकै पक्षमा मतदानको अपिल गरेका छौं, यो खुसीको विषय हो,’ प्रचण्डले महिला मेयरका विषयमा कुरा गदैं प्रचण्डले भने,–‘ ब्यवहारमा लागु गर्ने कुरा कँही न कँही चुकिरहेका थियौं, यो कार्यानवयमा अहिले हामी लागेका छौ, यो खुसीको कुरा हो ।’
प्रचण्डले दुवै महिलालाई कसैका छोरी र कसैका श्रीमतिका विषय मात्र प्रचार गरेर नकारात्मक प्रचार गरेको आरोप लगाए । तर यी दुवै महिलाको क्षमतालाई नजरअन्दाज गरिएकोमा प्रचण्डले दुखेसो ब्यक्त गरे ।
म्हिलाले नेतृत्व गरेका ठाँउमा सफल र उदाहरणिय काम गरेको पनि प्रचण्डले बताए ।
प्रचण्डले हामी पुरुषहरुले धेरै राज गरयौं र धेरै लछापरपाटो पनि गरेनौं भन्दै प्रचण्डले एकपटक महिलालाई कार्यकारी अधिकार दिएर हेरौं भन्ने बताए ।
काठमाडौंको पहिचान ऐतिहासिक वैभव, कला सस्कृतिले वेजोड र दुनियाँले नै आश्चर्य मान्ने, स्वच्छ हराभरा बनाउन र सुशासनबाट सज्जित बनाउन सकियो भने संसारकै राम्रो राजधानीको रुपमा रुपान्तरण गर्न सकिने प्रचण्डले बताए ।
ऐतिहासिक परिवारसँग जोडिएको महिला नेतृलाई मेयरका रुपमा कांग्रेसले अगाडी सारेको भन्दै काठमाडौं महानगरवासीले काठमाडौंले रुपान्तरण गरेर देखाउने अवसर आएको प्रचण्डको भनाई थियो ।
संविधानसभाबाट संविधान निर्माण भएपछि केही प्रयोगहरु आफुहरुले गरेको भएपनि
पहिला गठबन्धन संविधान निर्माण पछि पनि कांग्रेस र माओवादी कै वीचमा भएको तर दुवैले एक अर्काको चुनाव चिन्हमा मत हाल्न गाह्रो भएको अनुभव भएको भन्दै प्रचण्डले वामपन्थीहरुतिर गठबन्धन गरेर गएको तर त्यो पनि केपी ओलीको अहंमका कारण भतिकएको बताए ।
बामगठबन्धन गरेर स्थाइत्वको समपना देखिएको, पाटीृ एकता गरेर समाजवाद तिर लाने सपना देखिएको भएपनि तीन वर्ष नपुग्दै चकनाचुर भएको प्रचण्डले बताए ।
ओलीलाइृ ठूलो सपनासहित नायकका रुपमा लगेको भएपनि बडो तितो संर्घष गर्न थालेको प्रचण्डले बताए ।
‘पार्टी एकता गरेको दुई हप्तामै ओलीको बेइमानी देखिन थालेको प्रचण्डले बताए । ष्डायन्त्रकारीको फेला परयो, नायक भनेको खलनायक फेला परयो भन्ने पार्टी एकता गरेको दुई हप्तामै देखा परेको थियो, प्रचण्डले भने ।
आफु धेरै सोझो, लचिलो र त्यागी नेता भएको भन्दै प्रचण्डले देशमा संविधानसभा, गणतन्त्र, संविधान निर्माण र गठबन्धन निर्माणसम्म जे भूमिका निर्वाह गरिएको छ, त्यसमा आफुलाई गर्व महसुस हुने गरेको प्रचण्डले बताए ।
गणतन्त्र , संघीयतामा प्रदेशलाई दिएको अधिकार ओलीलाइृ वढी लाग्छ, त्यसपछि संर्घष ओलीसाग परेको प्रचण्डले बताए ।
ओलीसागको संर्घषमा आफुहरु सफल नै रहेको प्रचण्डको भनाइृ थियो । ओलीलाई केन्द्रीय समितिबाट कारवाही गरिएको भएपनि सम्वैधानिक अंगले संविधान अनुसार जे गर्नुपर्ने थियो, त्यो नभएपछि परिस्थिती अर्काे भएको प्रचण्डको भनाई थियो ।
पार्टी भित्रको संर्घषको रिस जनप्रतिनिधीसस्थालाइृ भंग गर्ने काम ओलीले गरेको आरोप प्रचण्डले लगाए । उनले आफुहरुसँगको रिसमा ओलीले सार्वभौम सत्ता सदन भंग गरेको आरोप लगाए ।
त्यसपछि लोकतान्त्रिक र बामपन्थी वीच गठबन्धन फेरि भएको बताए ।
प्रचण्डले कम्युनिष्टहरुमा निषेधको निषेधको राजनीति चल्ने गरेको भन्दै ओलीसाग निषेधको रुपमा वाम लोकतानित्रक गठवन्धन बनेको बताए ।
‘पहिलो निषेध भएर वामपन्थी गठबन्धनको जन्म भयो, त्यो पनि निषेध भएर फेरि फर्केर फेरि वाम लोकतानित्रक गठवन्धनमा बनेको हो,’ प्रचण्डले भने ।
कोही कसैले पनि लकिरको फकिर गर्नु नहुने भन्दै सहकार्य एकताको कुरा गर्नुपर्ने बताए ।
एकताबाटै आफुहरुको तागत राष्ट्रिय सभा चुनाव, बार र पत्रकार महासंघको चुनावले देखाईसकेको प्रचण्डले बताए ।
देशभित्र अहिले दुईवटा गठबन्धन रहेको र एउटा प्रतिगमनकारीहरुको गठबन्धन र अर्काे प्रगतिशील गठबन्धनका वीचको ब्याटलको रुपमा आएको पनि प्रचण्डले बताए ।
पानी बराबर , दुश्मनकै रुपमा कांग्रेस र कम्युनिष्ट हुँदा देशले केही नपाएको तर जुन दिन सहकार्य र एकजुट भयो, पञ्चायति तानाशाही ढलेको प्रचण्डको भनाई थियो ।
वामपन्थी र लोकतान्त्रिकहरु वीचको एकताको बलले परिवर्तन सम्भव भएको उनको भनाई थियो ।
जनयुद्ध सानो परिघटना नभएको प्रचण्डले बताए । त्यो पनि पार्टीहरु वीचको एकताले शान्तिपूर्ण राजनीतिमा रुपान्तरण भएको र त्यसले गणतनत्र सम्म मुलुकलाइृ लैजाने काम गरेको उनले बताए ।
‘हसियाँ हथौडा र चारतारे झण्डा सँगसँगै नमिलाएको भए संघीय लोकतानित्रक गणतनत्र स्थापना हुन्थ्यो त ?’ प्रचण्डले प्रश्न गदै भने,– रुख वालाले गर्वका साथ हसियाँ हथौडामा छाप हान्ने पर्छ, हसियाँ अथौडावालाले पनि रुखमा हाल्नुपर्छ ।’
बौद्ध भिक्षु रहेसम्म भनेर कतिपयले लकिरको फकिर भएर बस्ने कुरा सही नभएको भन्दै प्रचण्डले देशको आजको आवश्यकता लाई बुझनुपर्ने बताए ।
कयौं दिनको रस्साकस्सी र वहसवाट महानगर र उपमहानगरको तालमेल बनाएको प्रचण्डको भनाई थियो । उनले देशभर गठबन्धन गर्ने प्रयास गरेको र कही ठाँउमा मित्रवत प्रतिस्पर्धा पनि भएको बताए ।
उनले गठबन्धन धेरै परसम्म लैजानुपर्ने पनि बताए ।
बाम गठबन्धन गरेर आफुले विगतमा धेरै ठूलो ज्ञान प्राप्त गरेर आएको पनि बताए । गठबन्धन बलियो बन्दै गएको प्रचण्डले बताए ।
















पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया