चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे

पोखरा । निर्वाचन आयोगले आफुले रोजेअनुसार चुनाव चिन्ह नदिएको आरोपमा अराजक अभिब्यक्ति दिएका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।
अटेरीले सुरुमा लौरो चिन्ह रोजेको थियो । तर, आयोगको निर्देशिका अनुसार स्वतन्त्र उम्मेद्वारको संख्याका आधारमा कोटा छुट्याईएको र सोही सीटबाट रोज्नुपर्नेमा उनीहरुले मतपत्रमा भएकामध्ये सबैबाट लौरो छानेका थिए । आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोली निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।
उनले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो । शुक्रबार उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ धरौटीमा रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीले खड्कालाई रिहा गर्न आदेश दिएको हो ।
















‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया