गठबन्धनका उम्मेदवारलाई मत दिन पत्रकारका पाँच संगठनको संयुक्त अपिल

काठमाडौं । सत्ता गठबन्धनसँग निकट पत्रकारहरुको संगठनले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मत दिन अपिल सहितको संयुक्त बक्तब्य जारी गरेको छ ।
नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघ, नेपालले संयुक्त वक्तब्य जारी गदै स्थानीय तह चुनावमा देशैभर गठबन्धन दलका उम्मेदवारलाई मत दिन अपिल गरेका हुन् । उनीहरुले संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर हुनुको नाताले देशमा राष्ट्रिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनका एजेण्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानूनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका हुन् ।
हेर्नुहोस बक्तब्य
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपश्चात् दोश्रो पटक यही मिति २०७९ बैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । लोकतन्त्रको मुख्य आधार स्तम्भको रुपमा लिइने आवधिक निर्वाचन समयमै सम्पन्न हुन गइरहेको कुराले हामी हर्षित र गौरवान्वित छौं । यस अवसरमा सर्वप्रथम निर्वाचनको मिति घोषणा गरी जनतालाई स्वतन्त्र, भयरहित र प्रभावकारी ढंगले निर्वाचनमा सहभागी हुने वातावरण बनाएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं ।
निर्वाचन लोकतान्त्रिक विधि र प्रक्रिया हो, यसमा आफ्नो मत जाहेर गर्ने अधिकार सम्पूर्ण मतदातालाई हुन्छ । आफ्नो मत कस्तो दल र उम्मेदवारलाई दिने भन्ने कुरा महत्वपूर्ण हुन्छ । गलत राजनीतिक दल र उम्मेदवारलाई आफ्नो मत परेमा लोकतान्त्रिक विधि, प्रक्रिया र प्राप्त उपलब्धि नै खतरामा पर्ने अवस्था पनि सिर्जना हुन्छ । त्यसैले आफ्नो मत दिनका लागि राजनीतिक दल र उम्मेदवार छनौटमा धेरै ध्यान दिनुपर्ने हुन्छ ।
अहिलेको निर्वाचनमा देशमा मुख्य दुई प्रवृत्ति देखिएका छन् । एउटा वैचारिक गठबन्धन छ । जसले हजारौंको बलिदान, त्याग र समर्पणबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशीता समानुपातिक प्रतिनिधित्वसहितको लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरु र संविधानको रक्षा गर्ने, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत गर्ने, स्थानीय तहलाई संविधान र संघीयताको मर्मअनुरुप अधिकार दिने । अर्को प्रवृत्ति छ– संविधानको हत्या गर्ने, जननिर्वाचित संस्था संसदको हत्या गर्ने, सबै परिवर्तनलाई उल्ट्याउने, देशमा निरंकुशताको अभ्यास गर्ने र स्थानीय तहलाई अधिकार दिन कन्ज्युस्याई गर्ने निरंकुश प्रवृत्ति । यो प्रवृत्तिले आफ्नै पार्टी र संसद विघटन गरेर न्यायपालिका समेतलाई आफ्नोे प्रभावमा पार्ने असफल प्रयास गरेको थियो ।
पहिलो प्रवृत्तिको प्रतिनिधिको रुपमा सत्तारुढ पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन अगाडि आएको छ । दोश्रो प्रवृत्तिको प्रतिनिधित्व प्रतिगमनको समेत नेतृत्व गर्ने नेकपा एमालेले गरेको छ । केपी ओली नेतृत्वको एमालेले प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने गरी विधेयक ल्याएको तथा स्थानीय तहलाई अधिकार दिन अस्वीकार गरेको, भ्रष्टाचारलाई संरक्षण गरेको कुरा दिनको घामझैं छर्लङ्ग छ ।
यस अवस्थामा हामी संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर हुनुको नाताले देशमा राष्ट्रिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनका एजेण्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानूनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम नेपाली मतदाता महानुभावहरुमा हार्दिक अपिल गर्दछौं ।
हाम्रो सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्छ । त्यसैले समयमै सचेत बनौं । हामीले नसोचे कसले सोच्ने, अहिले नसोचे कहिले सोच्ने रु तसर्थ बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रुपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिई विजयी बनाउन हामी हार्दिक अपिल गर्दछौं ।
२४ बैशाख, २०७९
बद्री सिग्देल, अध्यक्ष, नेपाल प्रेस यूनियन
विष्णु सापकोटा, अध्यक्ष, प्रेस सेन्टर नेपाल
शम्भु श्रेष्ठ, अध्यक्ष, समाजवादी प्रेस संगठन
केशव अर्याल, अध्यक्ष, प्रेस मञ्च नेपाल
श्यामलाल पोखरेल, सचिव, प्रगतिशील पत्रकार संघ, नेपाल
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया