कोलकाताविरुद्ध लखनउको सहज जित

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०१ रनमा समेटियो ।
कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४५ रन बनाए । सुनिल नारिनेले २२ रन तथा आरोन फिन्च १४ रनको योगदान गरे ।
लखनउका आभेश खान र जासन होल्डरले ३(३ विकेट लिए ।
यसअघि पुणेमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो ।
लखनउका क्विन्टन डी ककले सर्वाधिक ५० रन बनाए । यस्तै दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए ।
जितसँगै लखनउ ११ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ ।
















मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया