सेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडाैं / साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ। निरन्तर केही महिनादेखि घटेको सेयर बजार साताको पहिलो दिन आइतबार १८ अंकले बढेको हो ।
गत बिहीबार नेप्से २७ अंक र बुधबार ३२ अंकले ओरालाे लागेकाे थियो। आइतबार २२ सय ३८ अंकबाट सुरु भएको नेप्से परिसूचक दिनको अन्तिममा १७ दशमलव ९५ अंकले बढेर २२ सय ५६ दशलमव ५८ अङ्कमा पुगेर बन्द भएको छ ।
आइतबार सुधार आएको नेप्से बजारमा सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले बढेर ४ सय ३६ अंकमा पुगेको छ। नेप्सेमा आइतबार ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम गत साताको अन्तिम दिनभन्दा आइतबार २५ करोडले कमि हो ।
नेप्सेमा बिहीबार २३३ कम्पनीको सेयर खरिदबिक्री हुँदा १४१ कम्पनीका सेयरधनीले नाफामा कारोबार भएको छन् भने ७३ कम्पनीका सेयर घाटामा कारोबार भएको छ ।
त्यस्तै १४ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ । आइतबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १५२ रुपैयाँ बढेर १६ सय ७२ रुपैयाँ पुगेको छ । सेयर बजार सूचीकृत भएसँगै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य निरन्तर सर्किट लाग्दै आएको छ ।

















१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया