इसेवा र रोमानियाको स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ । इसेवा मनी ट्रान्सफर र रोमानियाको मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीले नेपालमा आफ्ना आफन्तलाई सीधै पैसा पठाउन सक्ने छन् ।
यसैगरी रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका १८ हजारभन्दा धेरै नेटवर्क सञ्जालबाट तुरुन्तै प्राप्त गर्न सकिने छ । इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ रुपैयाँ बोनस रकमसमेत प्राप्त गर्न सकिने छ ।
हाल इसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउँदा दैनिक पाँच हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँसमेत जित्न सक्ने छन् ।
रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका थिए ।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया