नेपाल र जिम्बाब्बे ए: ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै
मेरोन्यूज
२०७९ वैशाख २६ गते १२:२१

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती ब्याटिङ गर्नेछ । खेल निर्घारित समय अनुसार ९ बजे हुनु पर्ने थियो । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र भएको थियो । नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल ३३ ओभरको हुनेछ ।
नेपाल र जिम्बाब्बे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ । पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।
अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ ।
सम्बन्धित









कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया