वरिष्ठ साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादीमै फर्किए

काठमाडौं । माओवादी जनयुद्धमा सहभागी भएर स्थापित भएका बरिष्ठ साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादीमा फर्किएका छन् । उनी मोहन वैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता थिए । तर पछिल्लो समय वैधसँग पनि उनी असन्तुष्ट रही स्वतन्त्र बाम बुद्धिजिवीका रुपमा परिचित थिए ।
उनी आइतबार माओवादी केन्द्रमा फर्किएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवासमा एक कार्यक्रमका वीच उनी माओवादी केन्द्रमा फर्किएका हुन् ।
उनी विगतमा माओवादी निकट जनसास्कृतिक महासंघको केन्द्रीय अध्यक्ष पनि थिए । काठमाडौंका स्थायी बासिन्दा ज्ञवाली विश्वविद्यालयको प्राध्यापन छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए । उनले थुप्रै साहित्यहरु रचना गर्नुका साथै अनुवाद र समालोचना समेत गरेका छन् । उनले माओवादी जनयुद्धकालमा सञ्चालित रेडियो जनगणतन्त्र नेपालमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
ज्ञवालीले नेपालमा माओवादी पार्टी, आन्दोलन र क्रान्तिको ध्रुवीकरण आजको आवश्यकता रहेको र माओवादीहरु अलगअलग भएर बस्नु ठीक नहुने निश्कर्षका साथ आफु मूल घर माओवादी केन्द्रमै फर्किएको बताएका थिए ।
उनीसँगै माओवादी आन्दोलनका पूराना मजदुर नेता बद्री बजगाई पनि माओवादी केन्द्रमै फर्किएका छन् । उनी पनि मोहन वैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) छोडेर माओवादीमा फर्किएका हुन् । बजगाई माओवादी मजदूर आन्दोलनका शसक्त नेतृत्व गर्नेमध्ये एक थिए । उनी पनि माओवादीभित्र बैचारिक र बौद्धिक मजदुर नेताको रुपमा स्थापित थिए । उनी पनि काठमाडौंका स्थायी बासिन्दा हुन्
त्यस्तै विप्लवको पार्टी नेकपाबाट धनबहादुर महर्जन, कृष्ण अधिकारी लगायतका नेताहरु पनि माओवादीमा फर्किएका छन् ।
उनीहरु लगायतका नेता कार्यकर्तालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा माओवादी नेता हितमान शाक्यलगायतको उपस्थिति रहेको थियो ।
















सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया