वरिष्ठ साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादीमै फर्किए

काठमाडौं । माओवादी जनयुद्धमा सहभागी भएर स्थापित भएका बरिष्ठ साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादीमा फर्किएका छन् । उनी मोहन वैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता थिए । तर पछिल्लो समय वैधसँग पनि उनी असन्तुष्ट रही स्वतन्त्र बाम बुद्धिजिवीका रुपमा परिचित थिए ।
उनी आइतबार माओवादी केन्द्रमा फर्किएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवासमा एक कार्यक्रमका वीच उनी माओवादी केन्द्रमा फर्किएका हुन् ।
उनी विगतमा माओवादी निकट जनसास्कृतिक महासंघको केन्द्रीय अध्यक्ष पनि थिए । काठमाडौंका स्थायी बासिन्दा ज्ञवाली विश्वविद्यालयको प्राध्यापन छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए । उनले थुप्रै साहित्यहरु रचना गर्नुका साथै अनुवाद र समालोचना समेत गरेका छन् । उनले माओवादी जनयुद्धकालमा सञ्चालित रेडियो जनगणतन्त्र नेपालमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
ज्ञवालीले नेपालमा माओवादी पार्टी, आन्दोलन र क्रान्तिको ध्रुवीकरण आजको आवश्यकता रहेको र माओवादीहरु अलगअलग भएर बस्नु ठीक नहुने निश्कर्षका साथ आफु मूल घर माओवादी केन्द्रमै फर्किएको बताएका थिए ।
उनीसँगै माओवादी आन्दोलनका पूराना मजदुर नेता बद्री बजगाई पनि माओवादी केन्द्रमै फर्किएका छन् । उनी पनि मोहन वैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) छोडेर माओवादीमा फर्किएका हुन् । बजगाई माओवादी मजदूर आन्दोलनका शसक्त नेतृत्व गर्नेमध्ये एक थिए । उनी पनि माओवादीभित्र बैचारिक र बौद्धिक मजदुर नेताको रुपमा स्थापित थिए । उनी पनि काठमाडौंका स्थायी बासिन्दा हुन्
त्यस्तै विप्लवको पार्टी नेकपाबाट धनबहादुर महर्जन, कृष्ण अधिकारी लगायतका नेताहरु पनि माओवादीमा फर्किएका छन् ।
उनीहरु लगायतका नेता कार्यकर्तालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा माओवादी नेता हितमान शाक्यलगायतको उपस्थिति रहेको थियो ।
















HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया