गण्डकीका मुख्यमन्त्रीसँग आयोगले माग्यो स्पष्टीकरण
मेरोन्यूज
२०७९ वैशाख २६ गते २१:४४

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चार माध्यममा प्रकाशन भएका समाचार ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
निर्वाचन आचार संहिताअनुसार प्रदेश सरकार मुख्यमन्त्री वा मन्त्रीले आफै उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको जानकारी गराउँदै आयोगले उनलाई तीन दिनभित्र आयोगमा प्रापत हुने गरी स्पष्ट जवाफ पेस गर्न आयोगले निर्देशन दिएको हो ।
सम्बन्धित
















सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया