रुसी राष्ट्रपतिबारे बाइडेनको टिप्पणी : पुटिन अनुमान गर्न माहिर व्यक्ति

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् । वाशिंगटनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाको बारेमा के गर्ने भनेर पत्ता लगाउन प्रयास गरिरहेको बताए ।
७९ वर्षीया पुटिनले युक्रेनमा आक्रमण गरेर उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र युरोपेली युनियन (इयू) लाई तोड्न सक्छ भन्ने विश्वास गरेर गल्ती गरेको बताए । युक्रेनलाई आफ्नो देश र लोकतन्त्रको रक्षा गर्न र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रुर युद्ध विरुद्धको लडाईर्मा समर्थन गर्ने उनले बताए । युक्रेनलाई थप ३३ अर्ब डलर सहयोगका लागि राष्ट्रपति बाइडेनले स्वीकृति जनाइसकेका छन् । यसैबीच, रुसी सेनाले पूर्वीयुक्रेनमा आफ्नो हमला जारी राखेको छ । २४ फेब्रुवरीमा हमला गरेको रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको छ ।
रुसी हमलामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान पनि एचसीएचआरले गरेको छ । अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो हमलालाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फाँसीवादीहरूबाट जोगाउनको लागि गरेको ुविशेष कारबाही भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन् ।
युद्ध अन्त्यका लागि दुबै पक्षबीच पटक पटक भएका वार्ता बिननिस्कर्ष टुंगिएका छन् । युक्रेनले दुई देशका राष्ट्रपति तहमा वार्ता हुनुपर्ने बताउँदै आएको छ । रुसले वार्ता र आक्रमण सँगसँगै लैजाने रणनीति लिएको पाइन्छ ।
















32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया