बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एकजनाकाे मृत्यु
मेरोन्यूज
२०८२ चैत २३ गते १६:३६

तानसेन (पाल्पा) । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको रामपुर नगरपालिका–३ गैलुकमा आज बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका–४ बाङ्गेपसलका ५२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।
स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोत्दै गरेको लु३त ७२५ नम्बरको ट्याक्टर घुमाउने क्रममा अचानक बारीमै पल्टिँदा आलेलाई ट्याक्टरले च्यापेको थियो । उनको घटनास्थलमा नै ज्यान गएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया