बिहीबार, वैशाख १०, २०८३

श्रीलंकाका निवर्तमान प्रधानमन्त्री भागेर पुगे नौसेनाको शरण

मेरोन्यूज २०७९ वैशाख २७ गते १५:०८

काठमाडौँ । श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार भागेर नौसेनाको आधारमा शरण लिन पुगेका छन् । उनीहरू देशको उत्तर पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनामा शरण लिन पुगेका हुन् ।

Advertisement
NiccNicc

देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री पदबाट सोमबार राजीनामा दिएका राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् ।

राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भइरहेको छ ।

आर्थिक संकटलाई लिएर भएको प्रदर्शनमा पाँच जनाको मृत्यु भएपछि कर्फ्यू लागू गर्न हजारौँ सेना र प्रहरी परिचालन गरिएको छ । राजापाक्षेको राजीनामापछि जनआक्रोश बढेको छ ।

प्रतिक्रिया