आइतबार, माघ १८, २०८२

बाबुराम भट्टराईको गृह नगरमा जसपा–एमालेबीच चुनावी तालमेल

मेरोन्यूज २०७९ वैशाख २७ गते १६:००

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको गृह नगर पालुङटार नगरपालिकामा नेकपा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ । सत्ता गठबन्धन दल जसपाले पालुङटारमा एमालेसँग चुनावी तालमेल गर्ने भएको हो ।

चुनावी तालमेलअनुसार पालुङटारको मेयर जसपाले पाएको छ भने उपमेयर एमालेले पाएको छ । सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

तालमेलअनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपा र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमतिसमेत भएको छ ।

प्रतिक्रिया