बाबुराम भट्टराईको गृह नगरमा जसपा–एमालेबीच चुनावी तालमेल
मेरोन्यूज
२०७९ वैशाख २७ गते १६:००

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको गृह नगर पालुङटार नगरपालिकामा नेकपा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ । सत्ता गठबन्धन दल जसपाले पालुङटारमा एमालेसँग चुनावी तालमेल गर्ने भएको हो ।
चुनावी तालमेलअनुसार पालुङटारको मेयर जसपाले पाएको छ भने उपमेयर एमालेले पाएको छ । सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।
तालमेलअनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपा र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमतिसमेत भएको छ ।

सम्बन्धित
















युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया