लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरद्वारा स्रष्टा सम्मानित

काठमाडौँ । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औँ वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडौँको अग्रवाल सेवा केन्द्र भवनमा आयोजित समारोहमा स्रष्टालाई सम्मान गरिएको हो ।
साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो । सम्मानित तीनै स्रष्टा जेष्ठ नागरिक हुन् ।
समारोहमा प्रा.डा. उषा ठाकूर र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले संयुक्त रुपमा स्रष्टाहरूलाई नगद जनही एक लाख ५१ हजार, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टालाई सम्मान गर्दै आएको छ ।
स्रष्टा सम्मान समारोहमा सम्मानित भएका स्रष्टा प्रा.डा. मानन्धरले साहित्यकला मन्दिरले लामो समयदेखि सह्रानीय काम गरिरहेको र यही कामले साहित्यको क्षेत्रमा विशिष्ट स्थान बनाइसकेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. उषा ठाकुरले बसन्त चौधरीले साहित्य कला क्षेत्रका लागि निरन्तर गर्दै आएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बसन्त चौधरी फाउण्डेसनका उपाध्यक्ष मेघा चौधरीले अग्रजलाई आदर र नयाँलाई प्रोत्साहन गर्ने आफूहरुको परिवारको परम्परा रहेको उल्लेख गर्दै आगामी दिनमा साहित्य कला क्षेत्रको उन्नयनमा अनवरत लागिरहने प्रतिबद्धता जनाइन् ।
साहित्यकला मन्दिरका उपाध्यक्ष वरिष्ठ कलाकार हरिहर शर्माले आफूहरुले सम्मानका लागि मूर्धन्य व्यक्तिको छनौट गर्ने गरेको र यसले सम्मानकै गरिमा बढिरहेको उल्लेख गरे । समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाँ’को लोकार्पणसमेत गरिएको थियो ।















ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया