आइतबार, जेठ २५, २०८२

मतदानअगाडि मतदाताले ओलीलाई सोध्नु पर्ने प्रश्न

ओली न्यायाधीश होइन । योबेला कठाघरामा उभिएको अभियुक्त हो । फैसल्ला सुनाउने पालो जनताको हो ।

-गगन थापा, महामन्त्री, नेपाली कांग्रेस २०७९ वैशाख २७ गते १९:२४

हामी निर्वाचनको संघारमा छौँ । मतदानअगाडि हामीले केही प्रश्न एमाले अध्यक्ष केपी ओलीलाई सोध्ने हिम्मत गर्नु पर्छ । योबेला एमाले अध्यक्ष र त्यसको मुली केपी ओलीलाई मुलतः पाँच वटा प्रश्न गर्नु पर्छ । पहिलो प्रश्न पाँच वर्षका लागि बनाएको संसद, जसमा करिब १९० जनाभन्दा बढी सांसदले केपी ओलीलाई मत हाल्नु भएको थियो ।

तीन वर्षमा संसद भंग भयो । हामीले संविधान बनाउँदा नै के लेखेका छौँ भने नेपालमा संसद पटक-पटक भंग हुने भएकाले अब संसद भंग नहुने व्यवस्था गर्ने भनेर संविधान लेखेर आएका हौँ । तर, तीन वर्षमा संसद भंग गर्नु भयो ।

संसद भंग किन गरेको ? कांग्रेसले संसद अवरुद्ध गरेको थियो ? संसद चल्न नदिएको थियो ? हामी त जम्मा ६३ जना थियौँ । वा श्रीलंकामा जस्तो आर्थिक अवस्था आएको थियो ? वा भारतले अमेरिका वा चीन कसैले आक्रमण गरेको थियो ? संसद भंग किन गरेको ? त्यो संसद भंग गर्दाको कारण के हो ?

नेकपा (तत्कालीन पार्टी)को घर झगडाका कारणले गर्दा संसद भंग गरेको हो भने त्यो घर झगडीयाको सबैभन्दा मुल झगडीयाले एकपटक हाम्रो बीचमा उभिएर माफी माग्नु पर्छ कि पर्दैन ? एकपटक भन्नु पर्छ कि पर्दैन, तपाईंले दिएको जिम्मा मैले पाँच वर्ष चलाउन सकिन भनेर भन्नु पर्छ कि पर्दैन ? त्यसैले पहिलो प्रश्न संसद भंग किन गरेको ?

त्योसँग जोडिएर आउने प्रश्न फेरि तपाईंलाई जिम्मा दियौँ भने तपाईंले संसद भंग गर्नु हुँदैन भन्ने आधार के ? हिजो संसद भंग गर्न कुनै कारण थिएन भने भोलि कारणविना गर्नु हुँदैन भन्ने आधार के ?

Advertisement
machhapuchare

दोस्रो प्रश्न : नेपालमा अहिले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनिरहेको छ । यो सरकार शेरबहादुर देउवाको नेतृतवमा बन्नु पर्ने सरकार नै होइन । हामी २३ जना सांसद मात्र कांग्रेसबाट निर्वाचित सांसद भएको । योपटक जनताले हामीलाई प्रतिपक्षमै बस्ने जिम्मेवारी दिएर पठाएको हो । हामी थपक्कै प्रतिपक्षमा बस्थ्यौँ । प्रतिपक्षको हैसियतमा चुनावमा भाग लिन जान्थ्यौँ । संसद भंग भयो । अदालतमा मुद्दा पर्‍यो । अदालतमा मुद्दा हामीले हालेको हो ? अदालतले पुर्नस्थापना गर्‍यो । त्यो अदालत हामीले बनाएको हो ?

त्यो अदालतले परमादेश दिनुअगाडि त्यो अदालतमा निवेदन दिएको गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेपछाडि मुख छोपेर बसिरहेको तपाईंहरूले देख्नु हुन्छ ।

संविधानको व्याख्या अझ अदालतले गर्‍यो । संविधानको व्याख्या अदालतलाई गर्न कांग्रेसको विधानले दिएको हो ? अदालतले व्याख्या गरेपछि संसद बन्यो । त्यो संसदमा फेरि एमालेको र माओवादीको पार्टी नेकपा थियो । तपाईंहरू मिल्नुस्, अझै पनि सरकार चलाउनुस् भनेर कांग्रेस बसेको होइन ? एमाले र माओवादी फुटेर गइसकेपछि बूढानीलकण्ठमा आनन्दले सुतेर बसेको शेरबहादुर देउवालाई उठनुपर्‍यो दाइ, उठनुपर्‍यो दाइ, सरकार बनाइदिनुपर्‍यो दाइ, सरकार चलाइदिनु पर्यो दाइ भनेर भन्न गएको होइन ?

अहिले परमादेश भनेर अहिल्यै ओलीले भाषण गरिरहँदा पछाडि फर्केर केपी ओलीले हेर्नु भयो भने अदालतले दिएको परमादेश भन्ने, त्यो अदालतले परमादेश दिनुअगाडि त्यो अदालतमा निवेदन दिएको गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेपछाडि मुख छोपेर बसिरहेको तपाईंहरूले देख्नु हुन्छ ।

एमालेको नेता जसरी उभिएर यो परमादेशको सरकार भनिरहनु भएको छ । अदालतमा निवेदन दिनेमा सबैभन्दा टुप्पोमा नाम भएको सुरेन्द्र पाण्डे अहिले त्यही एमालेको उपाध्यक्ष हुनु हुन्छ । अदालतमा निवेदन दिनेमा सबैभन्दा माथि नाम रहेको गोकर्ण विष्ट र योगेश भट्टराई त्यही अहिले एमालेको मञ्चमा एमालेको सचिवका रुपमा हुनु हुन्छ । त्यही पार्टीका अध्यक्ष मञ्चमा उभिएर लगातार भनिरहनु भएको छ परमादेशको सरकार । यो अदालतबाट सरकार बन्ने अवस्थामा पुर्याएको कसले ? यो दोस्रो प्रश्न जनताले एमालेलाई सोध्नु पर्ने छ ।

५९ क्षेत्रमा एमालेको सूर्य चिन्हमा एक जनाले मत हाल्न पाएन । हसियाँ हथौडामा मत हाल्न पर्यो । अस्ती भर्खरको चुनावमा होइन ?

गठबन्धन, गठबन्धन भनेर ओलीले पटक पटक भनेको हामी सुन्छौँ । नेपाली कांग्रेसको एउटा कार्यकर्ताले भन्न पाउँला । हामी छलफल गरौँला । तर आजका दिनमा गठबन्धनका बारेमा सबैभन्दा बढी प्रश्न उठाउनु भयो ओलीले । गठबन्धनका कारणले यो भयो, ऊ भयो भनेर बोलेको हामी एमालेको मञ्चबाट हामी सुन्छौँ । हामी कांग्रेसको कार्यकर्तालाई के भनेको पाउछौँ भने विचरा, कठैबरा, रुखमा भोट हाल्न पाएनन् ।

ओलीलाई आम नेपालीले सोध्नु पर्छ- नेपाल कम्युनिष्ट पार्टी एमालेको अघिल्लो चुनावमा ५९ वटा क्षेत्रमा एमालेको उम्मेदवार पनि थिएन । ५९ क्षेत्रमा एमालेको सूर्य चिन्हमा एक जनाले मत हाल्न पाएन । हसियाँ हथौडामा मत हाल्न पर्यो । अस्ती भर्खरको चुनावमा होइन ? अस्ती भर्खर प्रचण्डलाई, माओवादीका तमाम नेतालाई मत हालेर जिताएर आएर पार्टी नै एउटै बनाएको होइन ? अनि योपटकको चुनावमा गठबन्धन भनेर हामी पाँच वटा पार्टी एक ठाउँमा उभिएका छौँ ।

परिवार दलको साँचोदेखि सिके राउतको लाउड स्पिकरसम्म, कमल थापाको तीरदेखि राजेन्द्र लिङदेनको हलोसम्म चार तीरबाट तपाईंले सूर्यको झण्डा हेर्नु भयो भने घोच्दा घोच्दा प्वाल परिसकेको देख्नु हुन्छ ।

यो पाँच वटा पार्टी एक ठाउँमा उभिदै गर्दा संसदमा सँगै छ । सरकारमा सँगै छ । तर एमालेसँग उभिएको पार्टी अहिले हामी हेर्यौं । मकवानपुरमा गयो- कमल थापा, चितवनमा आयो- राजेन्द्र लिङदेन, अलि यता आयो- विप्लव, डाँडा चढ्यो- विप्लव, ओरालो झर्यो- सिके राउत । परिवार दलको साँचोदेखि सिके राउतको लाउड स्पिकरसम्म, कमल थापाको तीरदेखि राजेन्द्र लिङदेनको हलोसम्म चार तीरबाट तपाईंले सूर्यको झण्डा हेर्नु भयो भने घोच्दा घोच्दा प्वाल परिसकेको देख्नु हुन्छ ।

आज नेपालमा जुन गठबन्धनको राजनीतिको सबैभन्दा ठूलो आलोचक एमाले र त्यसका नेता केपी ओली हुनु हुन्छ । तलबाट जनताले प्रश्न गर्ने होइन । आज गठबन्धनको यो राजनीति कसको कारणले गर्दा आएको हो ? नेपालमा दुइटा पार्टी रहन्थ्यो होला नि त । कांग्रेस रहन्थ्यो होला, नेपाल कम्युनिष्ट पार्टीे रहन्थ्यो होला । नेकपा जिते उसले चलाउथ्यो, कांग्रेसले जिते उसले चलाउथ्यो । आज कलम आएको छ, हसियाँ हथौडा आएको छ ।

आज हामी यहाँ कोही मिलेर लडेका छौँ, कोही अर्काे ठाउँमा प्रतिस्पर्धा गर्दै छौँ । यो सबै अवस्थाको कारक को हो ? तपाईं एकतर्फी आलोचना सुनिरहँदा तलबाट प्रश्न गर्ने कि नगर्ने ?

एमालेको मञ्चबाट सबैभन्दा बढी गरिने चर्चा भनेको विकासको चर्चा हो । म एउटा सानो सर्न्दभ मात्र पढेर सुनाउँछु-
पाँच वर्षमा नेपाललाई विकासशील राष्ट्रमा पुर्‍याउने, १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर अमेरिकी पुर्याउने भन्ने हावादारी गफ मात्रै भयो ।

गत वर्ष आर्थिक वृद्धिदर शून्यको आसपास भयो । यो स्थितिमा १० प्रतिशत आर्थिक वृद्धिदर अर्काे हावादारी कुरा भएको छ । २ वर्षमा आधारभूत खाद्यान्न माछा मासु अन्डा दूधमा आत्मनिर्भर गर्ने भनेको उल्टै आयत बढेको छ । पाँच वर्षमा पूर्ण रुपमा बिजुली उपलब्ध गराउने, १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने भनिएको छ । तर तीन वर्ष बितिसक्दा कुनै पनि आयोजना सुरु भएको छैन ।

हजार मेगावाट बिजुली उत्पादन भएको छैन । ४ वर्षमा फाष्ट ट्याक निर्माण गर्ने भनेकोमा ३ वर्ष बित्दा ठेक्का लागेको छैन । १० वर्षमो जलमार्ग, केबुलकार चलाउने आदि भनिएको थियो, १० वर्षमा ५० लाख पर्यटक पुर्‍याउने भनिएको थियो, सिन्को पनि भाँचिएन ।

यो कसले भनेको ? यो कसको अर्न्तवार्ता हो ? यो कुनै कांग्रेसको मान्छेले भनेको होइन । यो एमालेको उपाध्यक्ष सुरेन्द्र पाण्डेको अर्न्तवार्ता हो । जो अहिले केपी ओलीको मञ्चमा सँगै हुनु हुन्छ । यो मैले कतै बनाएर ल्याएको होइन ।

एमालेको अहिले बाहालवाला उपाध्यक्षले तीन वर्ष केपी ओलीको सरकार बनिसकेपछि तथ्य तथ्यांक प्रमाण राखेर के के भयो भनेर दिएको अर्न्तवार्ताको एउटा अंश मात्र मैले तपाईंहरू मात्र राखेको हो ।

३३९ वटा अस्पतालको शिलान्यास गरियो । एउटा अस्पतालका लागि जग्गा छुट्टाइएको थिएन । अस्पतालको जग्गा छुटटाइएको थिएन । अनि अहिले के भनिएको छ– अस्पताल खोई ? बाटो खोई ? तलबाट थपडी बजाएका छन् ।

म यस्तो अर्न्तवार्ताको अरु थुप्रै अंश तपाईंहरुका माझ देखाउन सक्छु । सुनाउन सक्छु । म आफै तथ्य तथ्यांक प्रस्तुत गर्न सक्छु । त्यसै भनेको होइन । त्यस कारण भोट हालिरहँदा आम मतदाताले सोध्नु पर्छ– २२९ वटा सडक एकै दिन पूर्व प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नु भयो । ट्याक्क स्वीच थिचेर । ट्याक्क स्वीच थिचेर हुने भएको भए म अहिले यहाँँबाट स्वीच थिचिदिन्छु, काठमाडौँको सबै बाटोलाई एकैपटक ६ लेनको बनाइदिन्छु । २२९ वटा सडकको स्वीच थिच्दै गर्दा एउटा सडकलाई पनि एक रुपैयाँ पैसा छुटाइएको थिएन । तर यहाँ स्वीच थिचियो ।

३३९ वटा अस्पतालको शिलान्यास गरियो । एउटा अस्पतालका लागि जग्गा छुट्टाइएको थिएन । अस्पतालको जग्गा छुटटाइएको थिएन । अनि अहिले के भनिएको छ– अस्पताल खोई ? बाटो खोई ? तलबाट थपडी बजाएका छन् ।

साच्चिकै कांग्रेसले बाटो खाइदियो कि ? अस्पताल खाइदियो कि ? तपाईंहरूले तलबाट प्रश्न सोध्नुपर्छ– त्यो मञ्चमा सबैभन्दा बढी कोभिडको पालामा नेकपाको सरकारले यो गर्यो, त्यो गर्यो भनेर चर्चा गरिएको छ । ९ हजार ४ सय मान्छेको जीवन गयो । मेरो परिवारमा मात्र ४ जना सदस्य हामीले गुमाएका छौँ । स्वास्थ्य मन्त्रालयमा काम गरेर आएको हुँ । अनुभवका आधारमा भन्न सक्छु– पाँच हजार मान्छे जोगाउन सकिन्थ्यो । ती मान्छे मारिएका हुन् । ती पाँच हजार मान्छे जोगाउन सकिन्थ्यो ।

तपाईं र म लकडाउनमा थियौँ, काठमाडौंमा । त्योबेलामा ओलीको सरकारले सांसद अपहरण गरेर ल्याउँदै थियो । तपाईं र म लकडाउनमा थियौँ, काठमाडौंमा । त्योबेलामा संसद भंग गर्दै थियो ।

नेपालको सरकार चलाउनेले मास्क, पीपीईमा, स्वास्थ्य समाग्रीमा भ्रष्टाचार गर्ने, अपराधीले पनि त्यत्रो महामारी लागेको बेलामा, चोरले पनि त्यस्तो बेला आफ्नो धनसार खोलेर दिन्छ भन्छन् । महामारी लागेको बेलामा जतिबेला तपाईं हामीले काठमाडौँमा मास्क पाएका थिएनौँ, मास्कमा पैसा खाने सरकार । कतार र मलेसियमा अलपत्र बनेर बसिरहेका युवकहरूलाई चार्टर फलाइटमा काठमाडौँ ल्याउँदै गर्दा त्यसमा ठग्ने सरकार । र त्योबेलामा जीवन बचाउन सकिने अवस्थामा पाँच हजार मानिसलाई मत्युवरण गर्न बाध्य बनाउने सरकार । प्रश्न गर्ने कि नगर्ने ?

तपाईं र म लकडाउनमा थियौँ, काठमाडौंमा । त्योबेलामा ओलीको सरकारले सांसद अपहरण गरेर ल्याउँदै थियो । तपाईं र म लकडाउनमा थियौँ, काठमाडौंमा । त्योबेलामा संसद भंग गर्दै थियो । चार सय किलोमिटर हिँडेर श्रमीकहरू सिन्धुपाल्चोकबाट कैलाली जाँदै थिए, त्यो दिन सम्झनुस् । हामी लकडाउनमा थियौँ, त्योबेलामा सरकार संसद अपहरण गर्दै थियो । त्यो दिन बिर्सने हो ?

तलबाट प्रश्न गर्ने होइन, हामीले प्रश्न सोध्ने होइन ? त्यसैले चुनाव भनेको प्रश्न मतदाताले सोध्ने हो । नेताले आएर फैसल्ला सुनाउने होइन । यहाँ त नेताले आएर न्यायाधीशले जस्तो फैसल्ला सुनाएको छ । वैशाख ३० मा हेरौँला, असार १७ मा हेरौँला, ज्योतिषिलाई सोधेको रे ।

नेता न्यायाधीश होइन । योबेला अझ एमाले अध्यक्ष केपी शर्मा ओली न्यायाधीश होइन । योबेला अभियुक्त हो । कठघरामा उभिनुभएको बेला हो । र, फैसल्ला सुनाउने पालो जनताको हो । वैशाख ३० मा जनताले फैसल्ला सुनाउँछ । त्यो तागत जनताले राखेनन् भने निर्वाचनको अर्थ हुँदैन ।

(गठबन्धन दलले काठमाडौँमा आयोजना गरेको चुनावी सभामा व्यक्त विचारको सम्पादित अंश)

प्रतिक्रिया