बुधबार, माघ ७, २०८२

टिपरको ठक्करबाट कलंकीमा मोटरसाइकल चालकको मृत्यु

मेरोन्यूज २०७९ वैशाख २८ गते ८:०१

काठमाडौं । काठमाडौंको कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज विहान थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका- २ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएका छ । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया