देशैभर २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी परिचालन, काठमाडौं उपत्यकामा मात्र ११ हजारभन्दा बढी

काठमाडौं । यही बैशाख ३० मा हुने स्थानीय तहको निवार्चनका लागि मतदान स्थल १० हजार ७५६ रहेका निवार्चन आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तहको निवार्चनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदाता सहभागी हुदैछन् । यी मतदाता पुराना र नयाँ ३६ लाखसहित हुन् । मतदान केन्द्र २१ हजार ९५५ रहेका आयोगले जनाएको छ ।
कति खटिदैछन् यस निवार्चनमा सुरक्षाकर्मी
सरकारले स्थानीय तहको निवार्चनका लागि देशैभर जम्मा २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी परिचालन गरेको छ । गृहमन्त्रालयका अनुसार म्यादी,सशस्त्र, नेपाली सेनासहित २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी रहेका छन् ।
यसैगरी,नेपाल प्रहरी ६१ हजार ८३१ जना, म्यादी प्रहरी ९९ हजार ९५२ जना, सशस्त्र प्रहरी ३१ हजार ९२२ जना र नेपाली सेना ७३ हजार २४९ जना रहेका छन् । म्यादी बाहेक १ लाख ६६ हजार ६०२ जना सुरक्षाकर्मी खटिएका मन्त्रालयले जनाएको छ ।
हालसम्म ४४ जना म्यादी प्रहरी कारवाहीमा परेका छन् । ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा मात्र ११ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
काठमाडौं उपत्यकामा स्थानीय तहको निवार्चनका लागि नेपाली सेना बाहेक ११ हजार ५२० सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाल प्रहरी ४ हजार २१७ जना, म्यादी प्रहरी ४ हजार ७११ जना खटिएका गृह मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, काठमाडौंमै नेपाली सेना २ हजार २६७ जना,राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी (एनआईडी )३२५ जना खटिएका छन् ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया