देशैभर २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी परिचालन, काठमाडौं उपत्यकामा मात्र ११ हजारभन्दा बढी

काठमाडौं । यही बैशाख ३० मा हुने स्थानीय तहको निवार्चनका लागि मतदान स्थल १० हजार ७५६ रहेका निवार्चन आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तहको निवार्चनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदाता सहभागी हुदैछन् । यी मतदाता पुराना र नयाँ ३६ लाखसहित हुन् । मतदान केन्द्र २१ हजार ९५५ रहेका आयोगले जनाएको छ ।
कति खटिदैछन् यस निवार्चनमा सुरक्षाकर्मी
सरकारले स्थानीय तहको निवार्चनका लागि देशैभर जम्मा २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी परिचालन गरेको छ । गृहमन्त्रालयका अनुसार म्यादी,सशस्त्र, नेपाली सेनासहित २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी रहेका छन् ।
यसैगरी,नेपाल प्रहरी ६१ हजार ८३१ जना, म्यादी प्रहरी ९९ हजार ९५२ जना, सशस्त्र प्रहरी ३१ हजार ९२२ जना र नेपाली सेना ७३ हजार २४९ जना रहेका छन् । म्यादी बाहेक १ लाख ६६ हजार ६०२ जना सुरक्षाकर्मी खटिएका मन्त्रालयले जनाएको छ ।
हालसम्म ४४ जना म्यादी प्रहरी कारवाहीमा परेका छन् । ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा मात्र ११ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
काठमाडौं उपत्यकामा स्थानीय तहको निवार्चनका लागि नेपाली सेना बाहेक ११ हजार ५२० सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाल प्रहरी ४ हजार २१७ जना, म्यादी प्रहरी ४ हजार ७११ जना खटिएका गृह मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, काठमाडौंमै नेपाली सेना २ हजार २६७ जना,राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी (एनआईडी )३२५ जना खटिएका छन् ।
















बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया