मनाङमा मतदाता परिचय पत्र वितरण
काठमाडौँ । हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचय पत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृत निर्वाचनलाई निष्पक्ष र भयरहित तवरबाट व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराई आवश्यक निर्णयसमेत गरी मतदानको तयारीमा छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा बिहानैदेखि परिचय पत्र वितरण शुरु गरिएको हो । मतदाता परिचय पत्र वितरण गर्न जिल्ला निर्वाचन कार्यालयले विभिन्न निर्वाचन केन्द्रमा निर्वाचन अधिकृतसहितको टोली खटाएको छ ।
मनाङ देशकै सबैभन्दा कम मतदाता सङ्ख्या रहेको जिल्ला हो । चार पालिका रहेको मनाङमा छ हजार ४९६ मतदाता रहेका छन् । तीमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार ५३५ छन् । सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा ४४८ जना मतदाता रहेका छन् ।
नयाँ मतदाताका लागि निर्वाचन आयोगले आज र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकालाई आयोगले दुई दिन मतदाता परिचय पत्र वितरण गर्ने भएको हो ।
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया