स्थानीय तह निर्वाचन
मौन अवधिमा उपत्यकाबाट एक लाख ४२ हजार यात्रु बाहिरिए
पछिल्लो चौविस घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रु बाहिरिएका छन्

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ । मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन् ।
मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौविस घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रु बाहिरिएका छन् । त्यो अवधिमा ३५ हजार ६५७ जना यात्रु भने काठमाडौं भित्रिएका छन् ।
यसअघि २७ वैशाखमा ५९ हजार ८१ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए । त्यो अवधिमा भने ४२ हजार ८३२ जना काठमाडौं उपत्यका भित्रिएका थिए । २६ वैशाखमा ५० हजार ९३० जना यात्रु बाहिरिएका थिए । त्यस्तै २५ वैशाखमा ५५ हजार ७४६ जना यात्रुले काठमाडौं छोडेका थिए ।
भोलि मतदानको दिन पास बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैले बिहीबार रातिसम्म पनि यात्रुहरू काठमाडौंबाट बाहिरिने क्रम जारी रहने ट्राफिक प्रहरीले जनाएको छ ।
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया