मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने
मेरोन्यूज
२०७९ वैशाख २९ गते १८:०१

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्रबाहकलाई छुट्टै सवारी पासविना आवतजावत गर्ने व्यवस्था गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएको हो ।
साथै सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार संस्थाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

सम्बन्धित
















सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया