के बाबुराम भट्टराईलाई कारवाही होला ?

काठमाडौं । आफुले गरेको मतदानको स्वस्तिक छाप सहितको तस्वीर सार्वजनिक गरेपछि जसपाका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विवादमा तानिएका छन् ।
उनलाई निर्वाचन कसुर तथा सजाए ऐन २०७३ अनुसार निर्वाचन आयोगले कारवाही गर्नुपर्ने माग चौतर्फी उठेको छ । सो ऐनको परिच्छेद ३ मा मतदान तथा मतगणना सम्बन्धी कसूर तथा सजाय सम्बन्धी व्यवस्थाको दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ ।
त्यस्तो गर्ने व्यत्तिःलायृ मतदान अधिकृतले र १५ हजार सम्म जरिवाना गर्न सक्ने वा मतदान गरी नसकेको भए सो मतपत्र छुट्टै खाममा राखी मुचुल्का उठाई सो मतपत्र गणना गर्न नहुने उल्लेख छ ।
यता पूर्व प्रधानमन्त्री भट्टराईले यो विषयमा विवाद बढ्दै गएपछि त्यसको बचाउ गरेका छने । उनले सामाजिक सञ्जालमा लेखेका छने । लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचाररमत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो।मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन।

गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो।तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन ।
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया