रनिल विक्रमासिंघेः दुई वर्षपछि श्रीलंकाको राजीतिमा कम ब्याक

कोलम्बो । वकिल हुँदै राजनीतिमा लागेका श्रीलंकाका नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कम ब्याक भएको छ । विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् ।
श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रानासिंघे प्रेमदासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।
सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्रीका रूपमा पनि निर्वाचित भएका थिए ।
तर, चन्द्रिका कुमारतुंगाले मध्यावधि निर्वाचन आह्वान गरेपछि सन् २००४ मा उनी सत्ताच्युत भएका थिए । प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा उनले लिबरेसन टाइगर्स अफ तमिल इलम (एलआइटीटीई) सँग शान्ति वार्ता सुरु गरेर सत्ता साझेदारी सम्झौताको प्रस्तावसमेत गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो कार्यकालमा भारतसँग घनिष्ट सम्बन्धको अपेक्षा गरेको बताउँदै आर्थिक संकटको सामना गर्न भारतले गरेको आर्थिक सहयोगका लागि धन्यवाद दिएका छन् ।
विक्रमासिंघेले बिहीबार देशको २६औँ प्रधानमन्त्रीका रूपमा सपथ लिएका थिए । कोलम्बोस्थित भारतीय उच्चायोगले विक्रमासिंघेलाई स्वागत गर्दै राजनीतिक स्थायित्वको आशा राखेको र प्रजातान्त्रिक प्रक्रियाअनुसार बनेको श्रीलंका सरकारसँग काम गर्न तत्पर रहेको जनाएको छ । ‘श्रीलंकाका जनताप्रति भारतको प्रतिबद्धता जारी रहनेछ’, उच्चायोगले ट्वीटमा भन्यो ।















ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
सिरहामा पोखरीमा महिलाको शव फेला
सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
प्रतिक्रिया