गोरखाको मतदान केन्द्रमा अज्ञात समूहले गोली चलायो, एक जना घाइते

गोरखा । स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् ।
मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद भएको थियो । विवादले उग्र रूप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी हुन् ।
निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको बताए । ५५ प्रतिशत मत खसिसकेको अवस्थामा स्थिति तनावग्रस्त बनेको गौतमको भनाइ छ । करिब साढे चार बजेदेखि यहाँ विवाद सिर्जना भएको हो ।
घटना स्थलमै भएका स्थानीय सुनिल लामिछानेले गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनीषा थापा घाइते भएकी बताए । २२ वर्षीया थापाको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
‘घाइतेको उपचारका लागि हेलिकोप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको छ । हेलिकोप्टर मगाइसकेका छौं’, आचार्यले भने ।
















लुम्बिनीमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
सुरक्षा व्यवस्था थप सुदृढ बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन
न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
बुधबार ९ अंकले घट्यो नेप्से, काराेबार रकममा पनि गिरावट
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया