राजनीतिक दल र वर्षाका कारण १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित
मेरोन्यूज
२०७९ वैशाख ३० गते २०:३५

काठमाडौँ । स्थानीय १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
वर्षा र राजनीतिक दलका बीचमा विवादका कारण स्थानीय तहको निर्वाचन अन्तर्गत विभिन्न १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
उनले कतिपय ठाउँमा वर्षाका कारणले समेत सबै मतदाताले सहभागी हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै ती स्थानहरुमा मतदान अधिकृतले मतदान स्थगन गरेको जानकारी दिए ।
उनका अनुसार मतदानका लागि अर्को मिति भने तोकिएको छैन । ‘स्थगन गरिएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र त्यहाँको वस्तुस्थिति समेतको अध्ययन गरेर पुनस् मतदानको मिति तोक्ने तयारीमा छौँ,’ उनले भने । उनले निर्वाचनको मतगणना सम्बन्धित स्थानीय तहमै हुने बताए ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया