चन्द्रागिरिमा एमालेको अग्रता
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १८:३२

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई हजार ५०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिनुभएको हो ।
उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्तले पछ्याईरहेका छन् । निर्वाचन अधिकृत सिर्जना थपलियाका अनुसार, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार बसन्ती श्रेष्ठले ९६५ मत प्राप्त गरेर अग्रता लिईरहेकी छिन् । उनलाई गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार रोशन दानीले १४८ मत प्राप्त गरेर पछ्याईरहेकी छिन् ।
कूल १५ वडा रहेको चन्द्रागिरिमा अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ । कूल ४७ हजार २६४ मतदाता रहेको उक्त वडामा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताए ।
सम्बन्धित
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया