चन्द्रनगर–१ मा कांग्रेस विजयी

सर्लाही, १ जेठ।सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरे । उनकाे पक्षमा ६ सय ४६ मत परेको छ । यस्तै, महतोका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सुशिल कुमार राय यादवले ३ सय ७१ मत मात्र प्राप्त गरे ।
यस्तै, गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणामअनुसार मेयर पदको लागि कांग्रेसका उम्मेदवारकाे पक्षमा ७ सय ८० मत परेको छ । लोकतान्त्रिक समाजवादी र नेकपा(माओवादी केन्द्र) का उम्मेदवारलाई क्रमश:३ सय ५७ र २ सय ९७ मत परेको छ ।
उपमेयर पदमा नेपाली कांग्रेसकी मंजु देवीलाई ५ सय ८४ मत परेको छ भने लोसपाकी उम्मेदवार कुन्तिदेवी साहलाई ३ सय ४९ र माओवादी केन्द्रकी उम्मेदवार गिता देवी महतोलाई ३ सय ८५ मत परेको छ ।
















विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया