कांग्रेस प्रवक्तालाई प्रश्न : गठबन्धनको औचित्यता पारम्भिक मत परिणामले पुष्टि गर्छ ?

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ ।अहिलेसम्म २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय तहमा विजयी भएका छन् । बाँकी ७३० स्थानीय तहको मतगणना भइरहँदा कांग्रेसले धेरै पालिकामा अग्रता लिईरहेको छ । प्राप्त पछिल्लो परिणामबाट के संकेत गर्छ ? यस विषयमा केन्द्रीत रहेर कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतसँग गरिएको छोटो कुराकानी :
१) स्थानीय तह निर्वाचनमा मतगणनाको प्रारम्भिक विवरणप्रति कांग्रेसको मूल्यांकन कस्तो छ ?
निर्वाचनको पारिम्भिक परिणामहरु सार्वजनिक भईरहेका छन् । परिणाम नेपाली कांग्रेस र गठबन्धनको पक्षमा आइरहेको छ । प्रारम्भिक अग्रताको संख्या हेर्ने हो भने पनि कांग्रेस निकै माथि छ । गठबन्धन दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई जोड्ने हो भने गठबन्धनलाई राम्रो परिणाम प्राप्त हुने देखियो । प्रारम्भिक परिणामलाई आधार मान्दा कांग्रेसले धेरै स्थानीय तहमा जित्ने अनुमान गर्न सकिन्छ । समग्रमा गठबन्धन दलहरूलाई फाइदै भएको देखियो ।
२) गठबन्धनको सार्थकता पुष्टि भएको भन्न मिल्ला ?
गठबन्धनको सार्थकता नै हो भन्न मिल्छ । सबै ठाउँमा गठबन्धन त भएन । नभएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा छ । जे भए पनि समग्रमा कांग्रेस देखिएको छ । यसले एमालेले भन्दा गठबन्धन दलले दोब्बर बढी स्थानीय तह जित्ने देखिन्छ ।
कांग्रेस एक्लै पनि एमालेभन्दा धेरै माथि छ । यो खुसीको संकेत हो । जुन पृष्ठभूमिमा समझदारी भएर गठबन्धन बन्यो, त्यो सार्थकता पुष्टि हुने देखिन्छ ।
३) तालमेलको क्रममा कांग्रेसले जहाँ–जहाँ नेतृत्व पाएन, कांग्रेसबाटै बागी उठाउने र गठबन्धनकै अन्य दलका उम्मेदवारलाई धोका दिएको भन्ने आरोप सुनिन थालिएको छ नि ?
एक÷दुई ठाउँको उदाहरण दिएर हुँदैन । हो, केही ठाउँमा त्यस्तो आरोप लगाउन मिल्ने गरी स्थिति देखियो । तर, धोका होइन । जस्तै, भरतपुर महानगरपालिकामा गठबन्धन दल माओवादीकी प्रमुखले निरन्तर अग्रता लिएकै छिन् । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीकाका मेयरले लगातार अग्रता लिएको स्थिति छ ।
त्यहाँ त कांग्रेसको मत संख्या माधव नेपालजीको पार्टीभन्दा कता हो कता धेरै छ । हाम्रो पार्टीका नेताहरूको असन्तुष्टि पनि थियो । तैपनि पार्टीको आन्तरिक मतभेद टुंग्याउँदै कांग्रेसको पूरै सहयोग छ । उहाँ ९धनराज आचार्य०ले जित्नु हुन्छ भन्ने लागेको छ । त्यही कारणले कांग्रेसले धोका दियो भन्नु गलत हो ।
४) ललितपुुर महानगरपालिका, जनकपुर उपमहानगर, धुलिखेल नगरपालिकालगायत स्थानीय तहमा फरक फरक परिणाम देखिएको छ नि ?
तपाईंले भन्नुभएको स्थानीय तहमा कांग्रेस ठूलो पार्टी हो । हामी उदार भएर गठबन्धनका अन्य दलहरूलाई सँगै लगेका हौँ । तर, त्यहाँको वस्तुस्थिति गठबन्धनअनुसारको भएन । हाम्रै पार्टी त्यागेर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार साहजी स्वतन्त्र हैसियतमा निर्वाचन लड्नुभयो । मनोजजी अगाडि आइरहनुभएको छ । धुलिखेलमा पनि विदुर बस्नेतजी अघि आउनुभएको छ । यसलाई ‘अपवाद’ मान्नुपर्छ । यति धेरै स्थानीय तहमा गठबन्धन सफल भइरहँदा अपवादलाई उचाल्नु हुँदैन ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया