भरतपुर महानगर : विजय भन्दा रेनु ७० मतले अगाडी

भरतपुर । निर्वाचन इपिसेन्टरका रुपमा रहेको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनका वीचमा चर्काे प्रतिस्पर्धा देखिएको छ । शुरुमा एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमालेका विजय सुवेदी झिनो मत सहित अगाडी देखिएपनि शनिवार साँझबाट भने माओवादी कांग्रेस सहित सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल अगाडी देखिएकी छिन् ।
चितवनको भरतपुरमा अहिले सम्मको मत परिणाम अनुसार दुवै उम्मेदवार निक्कै कडा प्रतिस्पर्धामा देखिएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल देखिएका छन् । अहिलेसम्म ४४२३ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ६ सय ११ मत पाएकी छन्।
एमाले(राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १ हजार ५ सय ४१ मत ल्याएका छन्। रेनु र विजयको मतान्तर मात्रै ७० मतको छ । कांग्रेसका बागी जगन्नाथ पौडेलले ५ सय ३७ मत ल्याएका छन्।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले १ हजार ७ सय ७५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १ हजार २४२ मत पाएकी छन्।


















पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
प्रतिक्रिया