बालेनको हारजितमा २८ केजीको खसी बाजी राख्ने पक्राउ
मेरोन्यूज
२०७९ जेठ २ गते १७:२८

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव जित्लान् कि हार्लान् भन्नेमा बाजी राख्ने दुई जना पक्राउ परेका छन् ।
खोटाङको दिक्तेलबाट उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए । आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र सोही वडाका विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन् ।
बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने कागजमा उल्लेख छ। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका थिए। उक्त कागज उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका थिए ।
सम्बन्धित
















वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया