जुनीचाँदे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित
मेरोन्यूज
२०७९ जेठ ३ गते १४:२१

जाजरकोट । जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार वेदबहादुर शाही र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित शाहीले तीन हजार चार सय ४४ मत र उपाध्यक्षमा निर्वाचित शाहीले तीन हजार तीन सय २७ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवा आचार्यले तीन हजार ८८ मत र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अम्बाकुमारी शाहले दुई हजार सात सय ४६ मत प्राप्त गरेका छन् ।
शिवा आचार्य जुनीचाँदे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने अम्बाकुमारी शाह ०७४ सालको स्थानीय तहमा समेत उपाध्यक्षमा पराजित भएकी थिइन् ।
जुनीचाँदेका ११ वडामध्ये एमालेले तीन, कांग्रेस दुई र नेकपा माओवादी केन्द्रले ६ वडा जितेको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया